राजनीति

सांसदहरूको विदेश भ्रमणबारे आशिकाको प्रश्न : राज्यको खर्चमा कति पटक विदेश जान पाइन्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले राज्यको ढुकुटीबाट सांसदहरूले गर्ने विदेश भ्रमणको औचित्यमाथि प्रश्न गरेकी छन्।

सामाजिक सञ्जालमार्फत उनले एउटा सांसदले राज्यको खर्चमा कति पटक विदेश भ्रमण गर्न पाउने भन्ने प्रश्न गरेकी हुन्।

‘राज्यको ढुकुटीबाट एउटा सांसद कति पल्ट विदेश भ्रमण गर्न पाउँछ? जनताले थाहा पाउने त परको कुरा आफ्नै पार्टीभित्रका अन्य सांसदहरूलाई समेत थाहा पत्तो हुँदैन उहाँहरू के लागि विदेश जानु भो भनेर!’ उनले भनिन्।

विज्ञापन

उनले सांसदहरू विभिन्न संसदीय समितिमा आबद्ध रहेको र आफ्नै समितिबाट समेत अन्य सदस्यलाई जानकारी नदिइ विदेश भ्रमणमा जाने गरेको आरोप लगाएकी छन्।

‘सांसदहरू विभिन्न समितिभित्र हुनुहुन्छ, आफ्नो–आफ्नो समितिबाट विदेश भ्रमणमा सुटुक्क जानुहुन्छ र सुटुक्क आउनुहुन्छ। तर आफ्नै समितिभित्रका सदस्यहरूले समेत कसैले थाहा पाएका हुँदैनन्,’ उनले भनेकी छन्।

राज्यको लाखौँ रुपैयाँ खर्च गरेर गरिने विदेश भ्रमणको उद्देश्य के हो र त्यसबाट जनता तथा सांसदले के उपलब्धि पाउँछन् भन्ने विषय स्पष्ट हुनुपर्ने उनको माग छ।

उनले विदेश भ्रमणबाट प्राप्त उपलब्धि जनतासमक्ष सार्वजनिक गर्नुपर्नेमा जोड दिँदै भ्रमणको औचित्य पुष्टि नभए समुद्रको तटमा फोटो खिच्ने र टिकटक बनाउने काममा मात्रै सीमित भएको देखिने टिप्पणी गरेकी छन्।

‘राज्यको लाखौं खर्च गरेर गरिएको विदेश भ्रमणबाट जनता र सांसदले पाउने उपलब्धि के हो? सोको स्पष्टता जनतासामु आउनु पर्छ होइन भने उहीँ समुद्रको तटस्थलमा गएर फोटो खिच्नु र टिकटक बनाउनु मात्र हो भन्ने कुरा सांसदज्यूहरूको सामाजिक सञ्जालको अपडेटबाट थाहा हुन्छ,’ उनले भनेकी छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।