क्रिकेट

विराटनगर क्रिकेट रंगशालाको दुर्दशा (फोटो फिचर)

विराटनगर–१९ स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालको दुर्दशा भएको छ। संघीय सरकार मातहतको यो रंगशालालाई वर्षौँसम्म तालाबन्दी गरेर राखिएको र नियमित मर्मत सम्भार नगरिएका कारण दुरावस्था भएको हो।

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएको यो रंगशालाको मर्मत सम्भार र सरसफाइसमेत नगरेपछि विगत ४ वर्ष यता यहाँ कुनै पनि प्रतियोगिता सञ्चालन हुन सकेको छैन।

क्रिकेट रंगशालामात्रै नभई रंगशाला परिसरमा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्माण गरिएका अन्य संरचनासमेत माटोमै मिलिसकेका छन्।

विज्ञापन

सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको भए पनि यो रंगशाला निर्माण र मर्मत सम्भारमा सरकारले कुनै चासो राखेको छैन। सरकारको बेवास्ताको सिकार बनेको यो रंगशाला यति वेला झाडीमा परिणत भएको छ।

१४ बिघा भन्दा बढी क्षेत्रफल रहेको यो रंगशाला निर्माणका लागि चालु आर्थिक वर्ष पनि संघीय सरकारले बजेट विनियोजन गरेको छ। तर, उक्त बजेट पूर्वाधार निर्माणका लागि नभई डिपीआर निर्माणका लागि विनियोजन गरिएको हो।

पटक–पटक डिपीआर बनाउने तर, भौतिक पूर्वाधार निर्माणमा ध्यान नदिने संघीय सरकारको नीतिले राष्ट्रिय गौरवको यो आयोजना मन्त्री, नेता र कर्मचारीहरूको कमाइखाने भाँडो मात्रै बनेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

क्रिकेट बाट थप

थप — क्रिकेट

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।