समाज

रोकिराखेको ट्याक्सी ब्याक हुँदा पाँच जना घाइते, दुईको अवस्था गम्भीर

गोरखाको सिरानचोक गाउँपालिका-२ सिउरेनीमा रोकिराखेको ट्याक्सी अचानक ब्याक भएर सडकबाट खस्दा पाँच जना घाइते भएका छन्।

बुधबार बिहान करिब ११:३० बजे चित्रेपोखरीबाट सिउरेनीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००२ ज ७६८८ नम्बरको ट्याक्सी सिउरेनीस्थित कच्ची सडकको छेउमा रोकिएको थियो। सोही क्रममा ट्याक्सी अचानक ब्याक भएर सडकबाट करिब ४० मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा ट्याक्सी चालकसहित पाँच जना घाइते भएका हुन्। घाइते सबैलाई उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल गोरखा पठाइएको छ।

विज्ञापन

दुर्घटनामा गोरखाको सिरानचोक गाउँपालिका-५ भाँगेका ४० वर्षीय ट्याक्सी चालक वीरबहादुर गुरुङ सामान्य घाइते भएका छन्।

त्यस्तै, सिरानचोक गाउँपालिका-२ मैपतेकी ३२ वर्षीया मञ्जु परियार गम्भीर घाइते भएकी छन्। सोही स्थानकी करिब ५० वर्षीया गीतामाया परियारको टाउकोमा भित्री चोट लागेको छ भने दायाँ खुट्टा र छातीमा समेत चोट लागेको छ। उनी बोल्न सक्ने अवस्थामा रहे पनि उनको अवस्था गम्भीर रहेको छ।

दुर्घटनामा सोही स्थानकी २० वर्षीया अञ्जना अछामी र ३० वर्षीया गीता परियार पनि घाइते भएका छन्। उनीहरूको अवस्था मध्यम रहेको छ।

रोकिराखेको ट्याक्सी अचानक ब्याक हुनुको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।