समाज

मेचीनगरमा शङ्खधर साख्वाको शालिक निर्माण

मेचीनगर नगरपालिका–१० धुलाबारीमा राष्ट्रिय विभूति एवं नेपाल संवतका प्रवर्तक शङ्खधर साख्वाको शालिक निर्माण भएको छ।

भक्तपुरको प्राचीन कला शैलीमा बनेको उक्त शालिक निर्माणमा २० लाख रुपैयाँ खर्च भएको शालिक निर्माण समितिका अध्यक्ष दिनेश शाक्यले बताए।

राष्ट्रिय विभूति शङ्खधरको मेचीनगरमा बनेको यो पहिलो शालिक हो। मेचीनगर नगरपालिकाले शालिक निर्माणका लागि पाँच लाख रुपैयाँ बजेट उपलब्ध गराएको र अरू रकम जनसहयोगबाट जुटाइएको उनले बताए। शालिक राखिएको स्थललाई समेत भक्तपुरे प्राचीन कला शैलीमा सजाइएको छ भने शालिकका लागि एउटै ढुङ्गामा मूर्ति कुँदिएको निर्माण समितिका सचिव मिलनराज प्रसाईले बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।