राजनीति

मुकुलको आरोप : ‘डिजिटल नेपाल’का नाममा अनुत्पादक एप बनाएर जनताको कर दुरुपयोग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वनेता मुकुल ढकालले सडकको अवस्था सुधार्नुको सट्टा खाल्डाखुल्डीको फोटो अपलोड गर्न लगाउने एप निर्माण गर्नु जनताले तिरेको करको दुरुपयोग भएको बताएका छन्।

उनले जताततै खाल्डाखुल्डी र जीर्ण सडक भएको देशमा विकसित देशको सिको गर्दै ‘सडक सुझाव’ जस्तो एप बनाउनुको औचित्यमाथि प्रश्न उठाउँदै यस्तो बताएका हुन्। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा समेत यस्तो बेथिति देखिएको भन्दै ढकालले मन्त्रालयहरू जनताले प्रयोग नै नगर्ने एप बनाउन केन्द्रित भएको आरोप लगाए।

उनले प्रधानमन्त्री शाहले अनावश्यक एप निर्माण नियन्त्रण गर्न ‘सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र’ स्थापना गरे पनि डिजिटल नेपालको नाममा अनावश्यक एप बनाउने र राज्यको ढुकुटी खर्च गर्ने प्रवृत्ति नरोकिएको बताए।

विज्ञापन

‘जताततै खाल्डैखाल्डा भएको र पाइलैपिच्छे सडक जीर्ण रहेको देशमा, आकलझुकल मात्र खाल्डा पर्ने विकसित देशको सिको गर्दै ‘सडक सुझाव’ जस्तो एप बनाइनु सरासर जनताले तिरेको करको दुरुपयोग हो,’ उनले भनेका छन्।

ढकालले अनुत्पादक डिजिटल खर्च र प्रशासनिक बेथितिमाथि सरकारले कडा लगाम लगाउनुपर्ने मागसमेत गरेका छन्।

‘जनतालाई एपमा खाल्डाको फोटो खिचेर अपलोड गर्ने झन्झट होइन, प्रत्यक्ष रूपमा सुरक्षित र चिल्लो सडक चाहिएको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस्ता अनुत्पादक डिजिटल खर्च र प्रशासनिक बेथितिमाथि सरकारले कडा लगाम लगाओस्।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।