कला तथा मनोरञ्जन

ममताकी आमा र छोरीलाई भेट्दा भावुक भइन् समीक्षा अधिकारी

गायिका समीक्षा अधिकारीले अमेरिकामा ममता काफ्लेको परिवारसँग भेट गरेकी छन्।

उनले ममताकी आमा गीता काफ्ले, दाइ महेश काफ्ले र छोरी नीमासँग भेट गरेकी हुन्। सामाजिक सञ्जालमार्फत भेटघाटको जानकारी दिँदै समीक्षाले विशेषगरी सानी नीमालाई देख्दा मन भारी भएको बताएकी छन्।

‘आज ममता दिदीको ममी, दाइ र प्यारी नानी नीमासँग भेट्ने अवसर मिल्यो। भेटघाट निकै भावुक रह्यो। विशेषगरी सानी नीमालाई देख्दा मन झन् भारी भयो। यति सानो उमेरमा कति धेरै कुरा जानेकी, कति बुझ्ने र कति प्यारी रहिछिन्’, उनले लेखेकी छन्।

विज्ञापन

परिवारसँग समय बिताउँदा ममताको धेरै सम्झना आएको बताउँदै समीक्षाले ममताको आत्माले चिरशान्ति पाओस् र परिवारले कठिन समय पार गर्ने शक्ति पाओस् भन्ने कामना गरेकी छन्। उनले नीमाको जीवनमा सधैँ माया, साथ र खुसी मिलोस् भन्दै शुभकामना पनि दिएकी छन्।

यसैबीच, अमेरिकामा ममता मृत्यु प्रकरणमा उनका पति नरेश भट्टविरुद्धको मुद्दा सुनुवाइको अन्तिम चरणमा पुगेको छ। नोभेम्बर ९ मा मुद्दाको १८औँ दिनको सुनुवाइका क्रममा प्रतिरक्षा पक्षले आफ्नो बयान र साक्षी प्रस्तुत गर्ने काम सकेको थियो। त्यसपछि अभियोजन पक्षले पुनः साक्षी बोलाएको थियो।

अदालतमा बयान दिने क्रममा नरेशले ममताको शव टुक्राटुक्रा पारेको र फोहोरमा फालेको स्वीकार गरेका छन्। तर, उनले हत्या गरेको आरोप अस्वीकार गर्दै ममताले विष सेवन गरेर आत्महत्या गरेको दाबी गरेका छन्।

ममताकी आमा गीता र दाइ महेशले भने ममता आत्महत्या गर्ने स्वभावकी नरहेको र छोरीप्रति निकै समर्पित रहेको अदालतमा बताएका छन्।

२८ वर्षीया ममता सन् २०२४ जुलाईको अन्तिम सातादेखि भर्जिनियास्थित आफ्नै घरबाट बेपत्ता भएकी थिइन्। प्रहरीले सोही वर्ष अगस्ट २२ मा नरेशलाई पक्राउ गरेको थियो। अहिलेसम्म ममताको शव फेला परेको छैन।

नरेशमाथि पहिलो तहको हत्यासहित तीन वटा अभियोग छन्। दोषी ठहर भएमा उनलाई आजीवन कारावासको सजाय हुन सक्छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।