ताप्लेजुङको ओलाङचुङगोला र चीनको तिब्बत सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको ५.६ म्याग्निच्युडको भूकम्पबाट जिल्लामा अहिलेसम्म कुनै क्षति भएको छैन।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले जिल्लाका सबै स्थानीय तह र भूकम्पको प्रभाव पर्न सक्ने क्षेत्रका वडासँग क्षतिको विवरण बुझिएको बताए। उनका अनुसार अहिलेसम्म भूकम्पबाट कुनै क्षति भएको जानकारी प्राप्त भएको छैन।
फक्ताङलुङ गाउँपालिका-७ का वडाध्यक्ष छेतेन शेर्पाका अनुसार पनि मंगलबार बिहान ७ बजेर १७ मिनेटमा गएको भूकम्पबाट कुनै मानवीय तथा भौतिक क्षति भएको छैन।

भूकम्पको धक्का काठमाडौंसहित नेपालका विभिन्न भागमा महसुस गरिएको थियो। नेपालबाहेक भारत, बंगलादेश, भुटान र चीनमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।