विविध

बाटो काट्दै गरेको कुखुरा बचाउन चालकले लगाए ब्रेक, यात्रुले हालिन् मुद्दा, अदालतले सुनायो अनौठो फैसला

सिंगापुरमा बाटो काट्दै गरेको कुखुरालाई बचाउन चालकले अचानक ब्रेक लगाउँदा घाइते भएकी एक महिलाले चालकविरुद्ध हालेको मुद्दा अदालतले खारेज गरिदिएको छ।

उल्टै अदालतले ती महिलालाई कानुनी खर्चबापत १५ हजार सिंगापुर डलर (करिब ११ हजार ६०० अमेरिकी डलर) तिर्न आदेश दिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

यभोन चेन नामकी महिला सन् २०२४ फेब्रुअरी १९ मा ट्यान टेङ कियाटले चलाएको निजी भाडाको कारमा यात्रा गरिरहेकी थिइन्। सिंगापुरको हल्याण्ड रोडमा अगाडिको गाडीले बाटो काटिरहेको कुखुरालाई बचाउन अचानक ब्रेक लगायो। त्यसपछि ट्यानले पनि दुर्घटना हुन नदिन जोडसँग ब्रेक लगाए। यस क्रममा आफू अगाडि धकेलिएर घाइते भएको चेनको दाबी थियो।

विज्ञापन

चेनले चालकले अगाडिको गाडीलाई निकै नजिकबाट पछ्याएका कारण अचानक ब्रेक लगाउनुपरेको भन्दै लापरबाहीको मुद्दा हालेकी थिइन्। तर ट्यानले आफू करिब ५० किलोमिटर प्रतिघण्टाको गतिमा र अगाडिको गाडीभन्दा करिब १० मिटर पछाडि रहेको बताएका थिए।

सिंगापुरको सडक नियमअनुसार प्रत्येक १६ किलोमिटर प्रतिघण्टाको गतिमा अगाडिको गाडीबाट कम्तीमा एक कार बराबरको दूरी कायम गर्नुपर्छ। तर जिल्ला न्यायाधीश जोनाथन एनजीले ट्यानले अगाडिको गाडीलाई नठोक्काई समयमै गाडी रोक्न सफल भएकाले दूरी पर्याप्त थियो वा थिएन भन्ने निर्णय गर्न आवश्यक नरहेको बताए। अचानक भएको घटनामा सामान्य तरिकाले ब्रेक लगाउने समय चालकसँग नहुने उनको भनाइ थियो।

न्यायाधीशले चेनलाई आफ्नो नियन्त्रणबाहिर भएको घटनामा घाइते भएकी निर्दोष यात्रुका रूपमा स्वीकार गरे पनि हरेक दुर्भाग्यका लागि अर्को व्यक्तिलाई जिम्मेवार बनाउन नमिल्ने बताए। उनले ‘यो घटना कुखुराले बाटो काटेका कारण भएको दुर्भाग्यपूर्ण घटना थियो, तर जीवनका उतारचढावमध्ये एक पनि थियो’ भनेका थिए।

अदालतमा चेनविरुद्ध अन्य दुई दुर्घटनासम्बन्धी मुद्दा पनि विचाराधीन रहेको न्यायाधीशले उल्लेख गरेका थिए। ती दुवै घटनामा उनी निजी भाडाको गाडी वा आफ्ना श्रीमानको कारमा यात्रु थिइन्। चेनले भने फैसलाविरुद्ध उच्च अदालतमा अपिल गरेकी छन्।

सिंगापुरमा खुला रूपमा हिँड्ने कुखुरा र रैथाने जंगली चरा सामान्य रूपमा देखिन्छन्। त्यहाँको राष्ट्रिय विकास मन्त्रालयका अनुसार पछिल्ला पाँच वर्षमा आवासीय क्षेत्रमा खुला रूपमा हिँड्ने कुखुरासम्बन्धी वार्षिक औसत दुई हजार गुनासा आउने गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

विविध बाट थप

थप — विविध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।