खेलकुद

पोखरामा शनिबारदेखि गल्फ प्रतियोगिता हुने

पोखरामा ‘दोस्रो माछापुच्छ्रे आमन्त्रित मैत्रीपूर्ण गल्फ प्रतियोगिता’ आयोजना हुने भएको छ। आगामी शनिबार र आइतबार पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्समा प्रतियोगिता सञ्चालन हुनेछ।

हिमालयन गल्फ कोर्स र हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट प्रालिको संयुक्त आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो। पोखराको पर्यटन प्रवर्द्धनमा थप टेवा पुर्‍याउने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।

प्रतियोगितामा स्वदेश तथा विदेशका महिला र पुरुष गल्फ खेलाडीको सहभागिता रहनेछ। करिब ७० जना खेलाडी प्रतियोगितामा सहभागी हुने आयोजक हिमालयन गल्फ कोर्स तथा हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट प्रालिका प्रबन्धक भुवन गुरुङले जानकारी दिए। उनका अनुसार अमेरिकाबाट १५ जना र बेलायतबाट १० जना गैरआवासीय नेपाली (एनआरएनए) गल्फरसहित पोखरा, काठमाडौं, धरान र बुटवलका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

विज्ञापन

‘स्टेबलफोर्ड ३/४ ह्यान्डिक्याप’ फर्म्याटमा खेलाइने प्रतियोगिताले पोखराको पर्यटन क्षेत्रको प्रवर्द्धनमा पनि सहयोग पुर्‍याउने गुरुङले बताए। त्यसअघि शुक्रबार खेलाडीहरूले कोर्स वाम्रअप गर्नेछन्। पार ७० को कोर्समा गल्फरहरूले दुई दिनमा ३६ होल खेल्नेछन्। दुवै दिनको स्कोरका आधारमा विजेता छनोट गरिने उनले जानकारी दिए।

प्रतियोगितालाई कास्की जिल्ला गल्फ संघ र गण्डकी प्रदेश गल्फ संघको सहयोग रहेको छ। प्रतियोगितामा ग्रस विजेताले नगद २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन्। डिभिजन ‘ए’ (१–९ ह्यान्डिक्याप) का विजेताले नगद २० हजार र उपविजेताले १५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने नेपाल ड्यास्पोरा स्पोर्ट्स एन्ड कल्चर क्लब अमेरिकाका अध्यक्ष नारायण गुरुङले जानकारी दिए।

त्यसैगरी, डिभिजन ‘बी’ (१०–१४ ह्यान्डिक्याप) का विजेताले नगद २० हजार र उपविजेताले १५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। डिभिजन ‘सी’ (१५–१८ ह्यान्डिक्याप) का विजेताले नगद २० हजार र उपविजेताले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। महिला विधातर्फ विजेताले नगद १५ हजार र उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। सिनियर (६० वर्षभन्दा माथिका) विजेताले १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने अध्यक्ष गुरुङले जानकारी दिए।

प्रतियोगिताका विशेष विधातर्फ लङ्गेस्ट ड्राइभ, ६० वर्षमाथिको लङ्गेस्ट ड्राइभ विजेता, क्लोजेस्ट टु द पिन र १८औँ नम्बर होलको सेकेन्ड सटमा क्लोजेस्ट टु द पिन विधाका विजेताले जनही पाँच हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने अध्यक्ष गुरुङले जानकारी दिए।

प्रतियोगितामा होल इन वन गर्ने खेलाडीलाई काल्सबर्गद्वारा ५० हजार रुपैयाँबराबरको गिफ्ट ह्याम्पर प्रदान गरिने गल्फ खेलाडी बालकाशी गुरुङले जानकारी दिइन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।