कला तथा मनोरञ्जन

‘पाँच पाण्डव’ले १० दिनमा गर्यो ४३ लाखको व्यापार, १२ हजार बढीले हेरे चलचित्र

वसन्त निरौला निर्देशित चलचित्र ‘पाँच पाण्डव’ प्रदर्शनमा आएको १० दिन बितेको छ। चलचित्र विकास बोर्डले आइतबारसम्मको बक्स अफिस कलेक्सन सार्वजनिक गरेको छ।

कार्तिक २० गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पाँच पाण्डव’ ले आइतबारसम्म ४३ लाखको व्यापार गरेको छ। भने १२ हजार दुई ८४ दर्शकले हेरेका छन्। काली रानी फिल्मस्को ब्यानरमा निर्माण चलचित्रमा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी र सिता न्यौपानेसहितका कलाकारको पनि अभिनय छ।

प्रस्तुतकर्ता नवीन श्रेष्ठ र निर्माता काली रानी श्रेष्ठ रहेको चलचित्रमा पुराना पुस्ताका स्थापित कलाकारदेखि नयाँ पुस्ताका चर्चित अनुहारसम्म एकैसाथ देखिएका छन्।

विज्ञापन

त्यसैगरी, भदौ २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पेन्सन पट्टा’ ले सोही अवधिमा दश करोड ३५ लाख रुपैयाँको कलेक्सन गरेको छ। भने तीन लाख ६४ हजार पाँच सय २० दर्शकले चलचित्र हेरेका छन।

लाहुरे जीवनलाई बाहिरबाट हेर्दा पेन्सन, प्रतिष्ठा र सुख–सुविधासँग जोडेर बुझिन्छ। तर यही जीवनशैलीसँग गाँसिएका पारिवारिक उतारचढाव, सम्बन्धका जटिलता र भावनात्मक पीडा कति गहिरा छन् भन्ने कथा यही वरपर रहेको छ। यसमा दयाहाङ राईसँगै गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, पुष्कर बहादुर गुरुङ, स्वर्गीय सुनील थापा, लुनीभा तुलाधर, सुरज तामु, राज कौछा मगर, यासिली योख्खा, डिबी गुरुङ, प्रतिच्छ्या गुरुङ, सोल गुरुङ, अनुषा राई, मनोज गुरुङ, मनिका गुरुङ र कुबिना गुरुङको अभिनय रहेको छ।

माओत्से गुरुङको निर्देशन रहेको चलचित्रमा मीन कोन्मे गुरुङ, भोजबहादुर गुरुङ, माया गुरुङ र सपना गुरुङको निर्माण रहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।