राजनीति

पक्राउ गर्न आउँदा हतकडी लिएर आउन सरकारलाई गगन थापाको चुनौती

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूलाई पक्राउ गर्न आउँदा खाली हात नभई हतकडी लिएर आउन सरकारलाई चुनौती दिएका छन्।

मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले आफूविरुद्ध हुने कानुनी अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएका हुन्।

व्यक्तिगत जीवनमै असर पर्ने गरी प्रश्न उठाउने र सामाजिक सञ्जालमार्फत भय सिर्जना गर्ने प्रयास भइरहेको थापाको भनाइ छ।

विज्ञापन

‘व्यक्तिगत जीवनमा समेत प्रश्नका कारण समस्या आएको छ। तर, प्रश्न गर्न सुरु गरेको थिएँ, अडियो आयो,’ उनले भने, ‘पक्राउ गर्न आउँदा खाली हात नआउनुहोला, हतकडी लिएर आउनुहोला। प्रश्न गर्न छोड्दिनँ, तर्साएर तर्सिने मान्छे होइन।’

उनले आफू वा अरू जोसुकैविरुद्ध हुने अनुसन्धानमा कांग्रेसले अवरोध नगर्ने बताए।

‘नेपाली कांग्रेस कसैको अनुसन्धानमा अवरोध गर्दैन, मेरो अनुसन्धान होस् वा अरू कसैको,’ थापाले भने। कानुनानुसार अनुसन्धान र कारबाही गर्न सरकारलाई आग्रह गर्दै उनले राज्यका संयन्त्रलाई सत्ताको अनुकूलतामा प्रयोग नगर्न चेतावनी दिए। राज्यका निकाय सत्य र न्यायका पक्षमा उभिनुपर्ने उनको भनाइ छ।

सरकारका गलत कामको विरोध गर्नु आफ्नो राजनीतिक दायित्व भएको उल्लेख गर्दै थापाले राजाको शासनकालदेखि नै राज्यका गलत कदमको विरोध गर्दै आएको स्मरण गरे।

विगतमा पनि धम्की र मुद्दाको सामना गरेर अघि बढेको बताउँदै उनले राजाको शासनकालमा एक्लै राजद्रोहको मुद्दा खेपेको र माओवादी द्वन्द्वका क्रममा निकै दुःख पाएको सुनाए।

कांग्रेस सहभागी केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारका गलत कामको समेत आफूले विरोध गरेको उनले बताए।

बैठकमा सभापति थापाले पार्टीको १५औं महाधिवेशनपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग हालसम्म पाँचपटक भेट भएको जानकारी दिए। प्रदेश सरकारको समीकरणका विषयमा ओलीसँग भेटघाट हुँदै आएको उनको भनाइ छ।

मधेस प्रदेश सरकारको समीकरणका विषयमा भने एमाले अध्यक्ष ओली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पुनः छलफल गर्नुपर्ने थापाले बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।