नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कमेन्ट्री गरेका एन्ड्रयु लियोनार्डले नेपाल छाड्दै गर्दा नेपाली समर्थकका नाममा भावुक सन्देश दिएका छन्।
उनले फेसबुकमार्फत एनपीएलको यो सिजन आफ्नो जीवनकै अविस्मरणीय समयमध्ये एक भएको बताएका छन्। प्रतियोगिताका क्रममा पाएका अनुभव र सम्झनाहरू जीवनभर आफूसँग रहने उनको भनाइ छ।
‘यो महिनामध्ये सबैभन्दा अविस्मरणीय महिना रह्यो। कस्तो सिजन थियो! जीवनभर सम्झनलायक यादहरू बोकेर जाँदै छु। तपाईंहरू सबैलाई जति धन्यवाद दिए पनि कम हुन्छ। आशा छ, छिट्टै फेरि भेट हुनेछ,’ उनले लेखेका छन्।

उनले नेपाली भाषामै नेपालप्रतिको माया व्यक्त गर्दै लेखेका छन्, ‘नेपाल, तिमीमा मेरो मुटु छ-अहिले पनि, सधैंभरि पनि। यो अविस्मरणीय महिनाका लागि तपाईंहरू सबैलाई धन्यवाद।’


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।