राजनीति

नेता थापालाई राप्रपा अध्यक्ष लिङदेनको जवाफ: खुस्बुको नेतृत्वमा नयॅा पुस्ता मधेस यात्रा गर्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन निकट पार्टीका दोस्रो पुस्ताका युवाहरु चारदिने तराई मधेस यात्रामा निस्कने भएका छन् । प्रतिनिधिसभा सांसद खुस्बु ओलीको नेतृत्वमा नयॅा पुस्ताका युवाहरु तराई मधेसका विभिन्न जिल्लामा आयोजित कार्यक्रममा सहभागी हुने भएका हुन् ।

अध्यक्ष लिङदेनका कारण पार्टी कमजोर भएको आरोप लगाउँदै आएका राप्रपा पूर्व अध्यक्ष कमल थापा, बिक्रम पाण्डेसहितका नेताहरुले केही दिनअघि तराईं-मधेसको भ्रमण गरेका थिए। फर्किएलगत्तै मधेसमा पार्टी संगठन ध्वस्त रहेको बताएपछि अध्यक्ष लिङदेनले थापासहितका नेतालाई ओलीको नेतृत्वमा मधेस यात्रामा पठाउने निर्णय गर्दै जवाफ दिएका हुन्।

जिल्ला भ्रमणको समन्वय प्रवक्ता गोपाल दाहालले गर्नेछन् ।

विज्ञापन

राप्रपाको अघिल्लो पुस्ताका नेताहरुको केही दिनअघि भएको तराई मधेस भ्रमणबाट उत्पन्न गरिएका भ्रम चिर्ने, तराई मधेसका विभिन्न तहका नेता, कार्यकर्तासंग संवाद र अन्तरक्रिया गर्ने, राष्ट्रिय राजनीतिमा राप्रपाको भूमिका र औचित्यबारे छलफल गर्ने, पार्टीको नीति, विचार, सिद्धान्त र नेतृत्वबारे प्रष्ट पार्ने मधेस यात्राको लक्ष्य हुने नेतृ ओलीले बताएकी छिन् । महाधिवेशनबाट लिङ्देनलाई अर्को एक कार्यकालका लागि अध्यक्ष बनाउनुपर्ने विषयमा पनि मधेस यात्रामा छलफल हुने प्रवक्ता दाहालले बताए।

तराई मधेस यात्रामा हालैको निर्वाचनमा काठमाण्डौं ६ मा उमेदवार रहेका उद्धबराज भेटुवाल, धनकुटामा उमेदवार रहेका विभत्सु थापा पनि सहभागी हुनेछन् । यसैगरी प्रवास विभाग प्रमुख आनन्द अधिकारी, सहायक प्रवक्ता पूर्ण चन्द, किसान संगठनका प्रेम फॅुयाल लगायतका नेताहरु सहभागी हॅुदैछन् ।

मधेस यात्रा मंसिर १ गते सप्तरी र सिराहा, मंसिर २ गते धनुषा र महोत्तरी, मंसिर ३ गते सर्लाही र रौतहट, मंसिर ४ गते बारा र पर्सामा हुने दाहालले बताएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।