कला तथा मनोरञ्जन

डा. टीकाराम पोखरेललाई ‘शब्दयात्रा डण्डपाणि-मानकुमारी धिताल लघुकथा पुरस्कार’

शब्दयात्रा प्रकाशनले लघुकथाकार डा. टीकाराम पोखरेललाई ‘शब्दयात्रा डण्डपाणि–मानकुमारी धिताल लघुकथा पुरस्कार’ अर्पिने भएकाे छ।

लघुकथाकार डा. पोखरेल (दोलखा) लाई प्रदान गरिने उक्त पुरस्कार कोष व्यवस्थापन पितामाताको स्मृति र सम्मानमा लघुकथाकार अम्बिका धिताल (काभ्रेपलाञ्चोक) ले गरेकी स्थापना गरेकी हुन्। पुरस्कार यही मङ्सिर महिनामा समर्पण गरिँदै छ।

कथा, निबन्ध, समालोचना, हास्यव्यंग्य जस्ता साहित्यका विविध विधा तथा समसामयिक लेखनमा कलम चलाउँदै आएका पोखरेल यसअघि डायमनशमशेर राणा प्रतिभा पुरस्कार, खुला राष्ट्रिय निबन्ध प्रतियोगिता पुरस्कार, बागमती प्रदेशस्तरीय लघुकथा पुरस्कार जस्ता पुरस्कारबाट पुरस्कृत भएका छन्। पोखरेलले बाह्रखरी कथा प्रतियोगिता, नमस्ते आधुनिक लघुकथा मन्च, सिक्किमेली लघुकथा समाज, शब्द रचना साहित्य समाजले आयोजना गरेकाे लघुकथा प्रतियोगितामा उत्कृष्ठ स्थान हासिल गरेका छन्।

विज्ञापन

दर्जन भन्दा बढी संघसंस्थाबाट सम्मान तथा प्रशंसापत्र प्राप्त गर्नुभएका पोखरेलका कथा, समालोचना, हास्यव्यंग, खोज अनुसन्धान, मानव अधिकार तथा समसामयिक विषयका दश कृति प्रकिशित छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।