राजनीति

‘टाइम’ को प्रभावशाली व्यक्तित्वमा समेटिएपछि अर्थमन्त्री वाग्लेलाई रास्वपाको बधाई

अमेरिकी प्रतिष्ठित पत्रिका ‘टाइम’ ले सार्वजनिक गरेको जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा परेपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बधाई ज्ञापन गरेको छ।

रास्वपाका उपसभापतिसमेत रहेका अर्थमन्त्री वाग्लेलाई पार्टीका महामन्त्री विपिनकुमार आचार्यले आज एक प्रेस विज्ञप्ति जारी गर्दै बधाई दिएका हुन्।

महामन्त्री आचार्यद्वारा जारी विज्ञप्तिमा वाग्लेले रसुवा र भोटेकोशी बाढीपछि विश्व मञ्चमा जलवायु न्यायका लागि गरेको पैरवी, जलवायु वित्त परिचालनको पहल, स्रोत व्यवस्थापन तथा अन्तर्राष्ट्रिय प्रणालीगत सुधारका क्षेत्रमा लिएको नेतृत्व नेपालका लागि उल्लेखनीय रहेको उल्लेख छ।

विज्ञापन

‘हिमाली तथा पर्वतीय क्षेत्रको जोखिम, जलवायुजन्य विपद् र त्यसबाट प्रभावित समुदायका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्याय, जलवायु वित्त तथा हानि-नोक्सानीको न्यायोचित सम्बोधनका लागि उनले गरेको पैरवीले नेपालको अवस्थाबारे जानकारी दिन तथा आवाज विश्वसामु पुर्‍याउन योगदान गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।

रास्वपाले वाग्लेको यो सूचीकरण व्यक्तिगत सम्मान मात्र नभई जलवायु संकटको प्रत्यक्ष मारमा परेका नेपालजस्ता देश र समुदायका सरोकारप्रति विश्वको ध्यान आकर्षित गराउने महत्त्वपूर्ण उपलब्धि भएको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।