राजनीति

झापामा पेट्रोलियम भण्डारण केन्द्रको शिलान्यास : पेट्रोलियम पदार्थको आयातमा सहज हुने

नेपाल–भारत ऊर्जा पूर्वाधार सहकार्यअन्तर्गत झापामा पेट्रोलियम टर्मिनल निर्माणका लागि भर्चुअल शिलान्यास गरिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा झापाको चारआलीमा निर्माणाधीन पेट्रोलियम पदार्थको भण्डारण केन्द्रको शिलान्यास गरेका हुन्।

सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइनको निर्माण शीघ्र सुरु गर्न दुवै पक्षले जोड दिएका छन्।

विज्ञापन

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सिलिगुडी–चारआली पेट्रोलियम पाइपलाइन र भण्डारण केन्द्रको शिलान्यासले दुवै देशबीचको आपूर्ति साझेदारी थप सुदृढ बनाउने बताए।

नेपाल आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र साहले दुवै मुलुकका प्रधानमन्त्रीले आज झापाको चारआलीमा निर्माणाधीन पेट्रोलियम पदार्थको भण्डारणको शिलान्यासले नेपालको पूर्वी क्षेत्रमा पेट्रोलियम पदार्थको आयातमा सहज हुने बताए।

सोही परियोजनाअन्तर्गत भारतको सिलिगुडीदेखि झापासम्म ५० किलोमिटर पेट्रोलियम पदार्थको पाइपलाइन निर्माण गर्ने योजना रहेको छ।

भारत सरकारले पेट्रोलियम पाइपलाइन र भण्डारकेन्द्र दुवै अनुदानमा निर्माण गरिदिन लागेको हो। ‘अहिले पूर्वी नेपालमा ट्याङ्करमार्फत पेट्रोलियम पदार्थ ल्याउने काम भइरहेको छ,’ प्रबन्ध निर्देशक शाहले भने, ‘यो परियोजना सम्पन्न भएसँगै पाइपलाइनबाट पेट्रोलियम पदार्थ सहजै ल्याउन सकिनेछ।’

भारत सरकारको अनुदानमा नै पाइपलाइन र भण्डारकेन्द्र निर्माण हुन गइरहेको प्रबन्ध निर्देशक साहले बताए।

‘अहिले झापामा पेट्रोलियम पदार्थको भण्डारण केन्द्रको टर्मिनलको शिलान्यास भएको हो। पाइपलाइन निर्माणको लागि पनि आवश्यक साइट क्लिरेन्स लगायतका काम भइरहेका छन्’, उनले भने।

प्रबन्ध निर्देशक साहका अनुसार पेट्रोलियम भण्डारण केन्द्रको लागत करिव छ अर्ब र पेट्रोलियम पाइलाइनको निर्माणका लागि करिब रु पाँच अर्ब लाग्ने बताए।

झापामा निर्माणाधीन उक्त भण्डारण गृहको कूल क्षमता १८ हजार ९०० किलोलिटर रहेको छ। यहाँ डिजेल, पेट्रोल र मट्टीतेल लगायतको पेट्रोलियम पदार्थ भण्डारण गर्न सकिन्छ।

यस्तै, दुवै मुलुकका प्रधानमन्त्रीले आजै मोतिहारी–अमलेखगञ्ज पाइपलाइपको दोस्रो चरणको परियोजनाको उद्घाटन गरे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।