राजनीति

कांग्रेस पूर्वसभापति देउवाको प्रतिबद्धता : अब जीवनभर देशको सेवा गर्छु

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूले राजनीतिक जीवनमा प्राप्त गर्नुपर्ने सबै उपलब्धि हासिल गरिसकेको बताएका छन्। अब बाँकी जीवन देशको सेवा र लोकतन्त्रको विकासमा समर्पित गर्ने उनको भनाइ छ।

नेपाली कांग्रेस देउवा पक्षको नियमित १५औँ महाधिवेशनअन्तर्गत सोमबार दाङको भालुवाङमा आयोजित लुम्बिनी प्रदेशस्तरीय दोस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले आफू पाँचपटक प्रधानमन्त्री भइसकेको उल्लेख गरे।

‘मैले पाउने सबै पाइसकेँ। पाँचपटक प्रधानमन्त्री भइसकेँ। त्योभन्दा पाउने के हो? अब मैले देशलाई दिने हो,’ उनले भने, ‘त्यसकारण मेरो जीवनपर्यन्त, बाँचुन्जेल देशको सेवा गर्ने हो। लोकतन्त्रको विकासका लागि लाग्ने हो।’

विज्ञापन

उनले कसैले खोस्न नसक्ने लोकतन्त्र निर्माण गर्नुपर्नेमा जोड दिँदै लोकतन्त्रका आधारभूत सिद्धान्त, मूल्य र मान्यतालाई कमजोर हुन नदिन सबैले भूमिका खेल्नुपर्ने बताए। लोकतन्त्रलाई अझ सुदृढ र संस्थागत गर्नुपर्ने उनको भनाइ थियो।

सम्बोधनका क्रममा देउवाले जेन–जी आन्दोलनका बेला आफू जोगिएको प्रसंगसमेत उल्लेख गरे।

अधिवेशनमा कांग्रेस नेता प्रकाशमान सिंह, डा. शशांक कोइराला, प्रकाशशरण महत, अनुराधा कोइराला, एनपी साउद, उमाकान्त चौधरी, जितजंग बस्नेत र मोहन बस्नेतलगायतले सम्बोधन गरेका थिए।

कार्यक्रममा विभिन्न जिल्लाका नेताहरूले जिल्लाको राजनीतिक अवस्था, पार्टी संगठनको वर्तमान स्थिति र आगामी रणनीतिबारे धारणा राखेका थिए। प्रदेश अधिवेशन समिति संयोजक गेहेन्द्र गिरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।