अन्तर्राष्ट्रिय

जापानले रक्षा खर्च ६० ट्रिलियन पुर्‍याउने

जापानले आगामी पाँच वर्षका लागि रक्षा खर्च करिब ६० ट्रिलियन येन (करिब ३७६ अर्ब अमेरिकी डलर) पुर्‍याउने तयारी गरिरहेको छ।

आर्थिक वर्ष २०२७ देखि २०३१ सम्मका लागि नयाँ रक्षा योजना बनाउने तयारी भइरहेको हो।

जापानले सैन्य क्षमता विस्तारका लागि ठूलो सङ्ख्यामा ड्रोन, क्षेप्यास्त्र र अन्य सैन्य सामग्री खरिदलाई प्राथमिकता दिने तयारी गरेको छ। यसका लागि राष्ट्रिय सुरक्षा नीतिसम्बन्धी तीन प्रमुख दस्तावेज संशोधन गर्ने योजना छ।

विज्ञापन

सन् २०२२ को अन्त्यमा तयार गरिएको वर्तमान योजनामा आर्थिक वर्ष २०२३ देखि २०२७ सम्म पाँच वर्षका लागि करिब ४३ ट्रिलियन येन रक्षा खर्च गर्ने लक्ष्य राखिएको थियो। प्रधानमन्त्री साने ताकाइची नेतृत्वको सरकारले यस वर्षको अन्त्यसम्म ती दस्तावेज संशोधन गर्ने तयारी गरेको छ।

जापानको रक्षा बजेट पछिल्ला वर्षहरूमा लगातार बढ्दै गएको छ। नयाँ योजनाअनुसार खर्च बढाउने विषयमा रक्षा मन्त्रालय र अर्थ मन्त्रालयबीच बजेटको आकार तथा स्रोत व्यवस्थापनबारे छलफल भइरहेको छ।

रक्षा खर्च बढाउँदा सार्वजनिक खर्च र सामाजिक सेवाका लागि छुट्याइने बजेटमा दबाब पर्न सक्ने विषयमा पनि बहस भइरहेको छ। प्रस्तावित नयाँ रक्षा बजेटले आगामी वर्षहरूमा जापानको सुरक्षा नीति र सार्वजनिक खर्चको प्राथमिकताबारे चर्चा थप बढाउने देखिन्छ। एजेन्सी

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।