मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले छठ पर्वले प्रकृति र जीवनप्रतिको श्रद्धा तथा कृतज्ञताको भावना अभिवृद्धि गर्ने बताएका छन्।
छठका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले छठजस्ता पर्वका माध्यमबाट सहिष्णुता र पारस्परिक सम्मानमा आधारित सामाजिक एकतालाई बलियो बनाउने बताएका छन्।
मधेस प्रदेशसहित समग्र राष्ट्रमा शान्ति, सुशासन, समृद्धि र भाइचाराको भावना विस्तार गर्न यो पर्वबाट प्रेरणा मिल्ने विश्वास उनले सन्देशमा व्यक्त गरेका छन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।