खेलकुद

चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रो सिजन फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने

नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर्स-२ मा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स लगातार तेस्रो सिजन फाइनलमा प्रवेश गरेको छ।

सुदूरपश्चिमले अब उपाधिका लागि लुम्बिनी लायन्सको सामना गर्नेछ। यसअघि दोस्रो सिजनको फाइनलमा पनि लुम्बिनी र सुदूरपश्चिम नै पुगेका थिए। जसमा लुम्बिनी विजेता बनेको थियो। लगातार तीनवटै सिजनको फाइनलमा पुगे पनि सुदूरपश्चिमले अहिलेसम्म उपाधि जित्न सकेको छैन।

कीर्तिपुरमा बिहीबार चितवनले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो। सुदूरपश्चिमको रोमाञ्चक जितमा थरिन्दु रत्नायकेले ४२ बलमा ७ चौकासहित ५३ रनको अविजित अर्धशतकीय इनिङ्स खेले।

विज्ञापन

लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमका विनोद भण्डारीले २३, कप्तान दीपेन्द्रसिंह ऐरीले १५ तथा ईशान पाण्डे र आरिफ शेखले १०-१० रन जोडे। चितवनका बलरमध्ये रञ्जित कुमारले २ तथा कमल ऐरी, रिजन ढकाल, उसामा मीर र सलाहुद्दिन खानले १-१ विकेट हात पारे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो।

चितवनका डेविड मलानले ५१ बलमा ९ चौका र २ छक्कासहित ७१ रनको अविजित इनिङ्स खेले। सलाहुद्दिन खानले १८ र कमल ऐरीले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

सुदूरपश्चिमका बलरमध्ये स्कट कुगेलेइनले ३ तथा रत्नायकेले २ विकेट लिए। कप्तान दीपेन्द्रसिंह ऐरी, हेमन्त धामी र ईशान पाण्डेले १-१ विकेट हात पारे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।