खेलकुद

चितवनको कसिलो बलिङ, दबाबमा सुदूरपश्चिम

नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर्स-२ मा चितवन राइनोजले दिएको १३४ रनको लक्ष्य पछ्याइरहेको सुदूरपश्चिम रोयल्सले १०.४ ओभरमा ४ विकेट गुमाएर ६२ रन बनाएको छ।

हाल क्रिजमा कप्तान दीपेन्द्रसिंह ऐरी ६ र थरिन्दु रत्नायके १० रन बनाएर खेलिरहेका छन्।

सुदूरपश्चिमका ओपनर जर्ज मुन्से ८ र विनोद भण्डारी २३ रनमा आउट भए। ईशान पाण्डे १० तथा स्कट कुगेलेइन २ रनमै पभेलियन फर्किए। चितवनका रञ्जित कुमारले २ ओभरमा १२ रन खर्चेर २ विकेट लिएका छन् भने रिजन ढकाल र उसामा मीरले १-१ विकेट हात पारेका छन्।

विज्ञापन

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो। चितवनका लागि डेविड मलानले ५१ बलमा ९ चौका र २ छक्कासहित ७१ रनको अविजित अर्धशतकीय इनिङ्स खेले।

सलाहुद्दिन खानले १८ र कमल ऐरीले १० रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। सुदूरपश्चिमका बलरमध्ये स्कट कुगेलेइनले ३ तथा थरिन्दु रत्नायकेले २ विकेट लिए।

दीपेन्द्रसिंह ऐरी, हेमन्त धामी र ईशान पाण्डेले १-१ विकेट हात पारे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।