समाज

गुरु नानकको जन्मजयन्ती मनाइँदै

विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रम आयोजना गरी आज शिख धर्मका प्रवर्तक गुरु नानकको जन्मजयन्ती मनाइँदै छ।

हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन शिख धर्मावलम्बीले गुरु नानकको जन्मजयन्ती मनाउने गर्छन्।

गुरु नानकले ईश्वर एक र सर्वशक्तिमान् रहेको तथा सबै मानव समान भएको सन्देश दिएका थिए। जन्मजयन्तीका अवसरमा शिख धर्मावलम्बीले विभिन्न कार्यक्रमको आयोजना गरेका छन्।

विज्ञापन

गुरु नानकको जन्म सन् १४६९ अप्रिल १५ मा पाकिस्तानको पञ्जाबस्थित तलवडी भन्ने स्थानमा भएको थियो। हाल उक्त स्थानलाई ननकाना साहिब भनिन्छ।

उनी शिख धर्मका संस्थापक तथा पहिलो गुरु हुन्। अनुयायीले उनलाई बाबा नानक र नानकशाहका नामले पनि सम्बोधन गर्छन्।

उनले रचना गरेका ‘जपुजी साहिब’ शिख धर्मको महत्वपूर्ण धार्मिक ग्रन्थका रुपमा परिचित छ। शिख धर्मावलम्बीले उक्त ग्रन्थको नियमित पाठ गर्ने गर्छन्। गुरुद्वारामा आज श्रद्धालुलाई सामूहिक भोजन गराइन्छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।