अन्तर्राष्ट्रिय

गाजामा तीन लाख ५० हजार परिवार आवासविहीन, ४ लाख १० हजार घरमा क्षति

इजरायल–हमास द्वन्द्वका कारण गाजा क्षेत्रमा तीन लाख ५० हजार परिवार तत्काल आवासको आवश्यकतामा रहेको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन्।

हमासद्वारा सञ्चालित सार्वजनिक निर्माण तथा आवास मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा द्वन्द्वका क्रममा करिब चार लाख १० हजार आवासीय एकाइमा क्षति पुगेको जनाएको छ।

तीमध्ये तीन लाख ३५ हजार पूर्ण रूपमा ध्वस्त भएका छन् भने ७५ हजार बस्नै नमिल्ने अवस्थामा पुगेका छन्।

विज्ञापन

मन्त्रालयका अनुसार गाजा क्षेत्रका करिब ८० प्रतिशत भवनमा क्षति पुगेको छ भने समग्र पूर्वाधारको करिब ९० प्रतिशत नष्ट भएको छ।

आवासको तत्काल आवश्यकता रहेका तीन लाख ५० हजार परिवारमध्ये दुई लाख ७० हजार परिवार तीन वर्षभन्दा लामो समयदेखि आधारभूत सुविधाविनै पालमा बस्दै आएका छन्।

वर्षायाम सुरु भएसँगै सात हजार ५०० परिवार बाढीको जोखिममा रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये दुई हजार ५०० परिवारलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था छ।

मन्त्रालयका अनुसार प्रतिकूल मौसम थप गम्भीर हुनुअघि करिब दुई लाख पुराना तथा जीर्ण पाल तत्काल विस्थापित गरी नयाँ पाल उपलब्ध गराउनुपर्ने आवश्यकता छ।

यसका लागि मन्त्रालयले अन्तर्राष्ट्रिय समुदायलाई आवास सामग्री आपूर्तिका लागि विशेष मानवीय सहायता मार्ग स्थापना गर्न आग्रह गरेको छ।

त्यस्तै, भग्नावशेष हटाउन र सडक पुनः सञ्चालन गर्न आवश्यक भारी उपकरण, इन्धन तथा स्पेयर पाट्र्स गाजामा भित्र्याउन पनि उसले माग गरेको छ।

मन्त्रालयले प्रभावित नागरिकको सम्पत्ति अधिकार सुरक्षित हुने गरी पारदर्शी तथ्याङ्कमा आधारित स्थायी आवास पुनर्निर्माण कार्यक्रम सञ्चालन गर्नसमेत अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको छ।एएफपी

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।