समाज

कार्यालय समयमा लिन नमिल्ने भन्दै अर्को व्यक्तिमार्फत ३ लाख घुस लिने अधिकृतविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ लाख ४५ हजार रुपैयाँ घुस लिएको अभियोगमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन, वीरगन्ज, पर्साका दुई अधिकृतविरुद्ध बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार डिभिजन कार्यालयका अधिकृत छैठौं (प्राविधिक) गजेन्द्र प्रसाद जायसवाल र अधिकृत छैठौं (प्राविधिक) विकी यादवविरुद्ध मुद्दा दायर गरिएको हो।

आर्थिक वर्ष २०८२/०८३ मा पर्साको ठोरी गाउँपालिका-३ मा ‘जलस्रोतको पुनर्भरण/भण्डारण कार्य (सार्वजनिक इनार/पोखरीको) निर्माण तथा मर्मत सम्भार कार्य’ योजना सम्पन्न भएपछि भुक्तानी र धरौटी रकम फिर्ता दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको आरोप उनीहरूमाथि छ।

विज्ञापन

दसी प्रमाणसहित प्राप्त उजुरीमाथि अनुसन्धान हुँदा दुवै जनाको आपसी मिलेमतोमा पद र ओहदाको दुरुपयोग गरी सेवाग्राहीसँग बार्गेनिङमार्फत ३ लाख ४५ हजार रुपैयाँ घुस लिन सहमत भएको पुष्टि भएको आयोगले जनाएको छ।

पूर्वयोजना र सहमतिबमोजिम प्रतिवादी जायसवालले कार्यालय समयमा पैसा लिन मिल्दैन भनी सोही स्थानमा रहेको अर्को व्यक्तिलाई घुस रकम दिन भनेको र सोहीअनुसार रकम लिइएको अनुसन्धानबाट खुलेको छ।

आयोगले दुवै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा ३ लाख ४५ हजार रुपैयाँ बिगो कायम गरेको छ।

सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय मागदाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।