समाज

कार्यालय प्रमुखका लागि ४९ एसपीको सूची सार्वजनिक, को-को परे? (नामावलीसहित)

नेपाल प्रहरी प्रधान कार्यालयले कार्यालय प्रमुखको दरबन्दीमा सरुवा हुने सम्भावित ४९ जना प्रहरी उपरीक्षक (एसपी) हरूको पूर्वानुमान योग्य सरुवा सूची प्रकाशन गरेको छ।

मानवश्रोत विकास विभागअन्तर्गतको कर्मचारी प्रशासन शाखाले आज ‘नेपाल प्रहरीको सरुवा सम्बन्धी मापदण्ड, २०७९ (संशोधन सहित)’ को अधीनमा रही उक्त सूची सार्वजनिक गरेको हो।

प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार ‘क’ श्रेणीका प्रहरी कार्यालयमा खटाउन सकिने २७ जना र ‘ख’ श्रेणीका प्रहरी कार्यालयमा खटाउन सकिने २२ जना एसपीको नामावली प्रकाशित गरिएको छ।

विज्ञापन

हाल सरुवा अवधि पुगेका प्रहरी कार्यालयहरूमा यही सूचीअनुसार कार्यालय प्रमुख खटाइने र बाँकी रहेका एसपीहरूलाई आगामी सरुवामा समेत यसै सूचीबाट सम्बोधन गरिने प्रधान कार्यालयले जनाएको छ।

सरुवा सूची तयार पार्दा जागिर अवधिमा ज्येष्ठ भई एसपी दर्जामा कार्यालय प्रमुख नबसेकालाई पहिलो प्राथमिकतामा राखिएको छ।

यस्तै, कार्यसम्पादन सन्तोषजनक नभएका एसपीहरूलाई जिल्ला प्रमुखको जिम्मेवारीमा खटाउँदा कम प्राथमिकतामा राखिएको छ भने कार्यालय प्रमुखको जिम्मेवारीबाट हटाइएका एसपीहरूको हकमा छानबिन समिति बनाई सोको सिफारिसअनुसार आगामी सरुवाबाट कार्यान्वयन गरिने उल्लेख छ।

पहिलोपटक ‘ख’ वा ‘ग’ श्रेणीको कार्यालय प्रमुखको भूमिका निर्वाह गरिसकेका एसपीहरूलाई ज्येष्ठता र कार्यालय प्रमुखबाट फर्केको समयका आधारमा दोस्रो प्राथमिकतामा राखिएको छ।

जसअन्तर्गत गण बसेकालाई पहिलो, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बसेकालाई दोस्रो र ‘ख’ जिल्ला बसेकालाई तेस्रो प्राथमिकता दिइएको छ।

यस्तै, कार्यालय प्रमुखको अवसर प्राप्त गरी अवधि पूरा नहुँदै फिर्ता भएका र सोही मितिमा बढुवा भएकामध्ये एकपटक पनि अवसर नपाएकालाई प्राथमिकतामा राखिएको छ।

सूचनाअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत एसपीलाई एक वर्षको अवधि पूरा नभएसम्म सरुवाको प्राथमिकतामा नराखिने तथा विविध कारणले सरुवा जान अनिच्छुकलाई सरुवामा समावेश नगरिने भएको छ।

मापदण्डअनुसार ‘ख’ वा ‘ग’ श्रेणीको कार्यालय प्रमुख खटाउन सकिने एसपीलाई ‘क’ श्रेणीमा नखटाइने तर ‘क’ वा ‘ख’ श्रेणीमा खटाउन सकिनेलाई ‘ग’ श्रेणीको जिम्मेवारीसमेत दिन सकिने व्यवस्था छ।

पहिलोपटक कार्यालय प्रमुखमा खटाउँदा भने ‘क’, ‘ख’ र ‘ग’ मध्ये कुनै एकको जिम्मेवारी दिन सकिने र हाल सूचीमा नपरेकाहरू पछि योग्य भएमा क्रमशः समावेश गरिँदै लगिने प्रधान कार्यालयले स्पष्ट पारेको छ।

‘क’ श्रेणीका प्रहरी कार्यालयमा खटाउन सकिने एसपीहरू (२७ जना)

१. निर्मल बुढाथोकी, २. नवराज मल्ल, ३. दिपक खड्का, ४. कुमार विक्रम थापा, ५. मोहन बहादुर खाण, ६. श्यामु अर्याल, ७. हरि बहादुर वली, ८. बाल नरसिंह राणा, ९. शालिग्राम शर्मा, १०. यादव ढकाल, ११. रुकेश तण्डुकार, १२. धर्मराज भण्डारी, १३. रबिन श्रेष्ठ, १४. दिलीप कुमार गिरी, १५. बुद्ध श्रेष्ठ, १६. भरत लामा, १७. राम कुमार दानी, १८. एक नारायण कोईराला, १९. प्रेम बहादुर शाही, २०. दान बहादुर थापा, २१. लालध्वज सुबेदी, २२. महेन्द्र नेपाल, २३. भेषराज रिजाल, २४. प्रदिप कुमार सिंह, २५. दिपक भारती, २६. हरिहर नाथ योगी र २७. राजन भुजेल।

‘ख’ श्रेणीका प्रहरी कार्यालयमा खटाउन सकिने एसपीहरू (२२ जना)

१. मोहन कुमार थापा, २. कुमोध ढुंगेल, ३. गोविन्द पुरी, ४. श्याम बाबु ओलिया, ५. बिनोद घिमिरे, ६. राजन लिम्बु, ७. सुमन कुमार तिम्सीना, ८. गजु सिद्धि वज्राचार्य, ९. नरेश राज सुवेदी, १०. गौतम मिश्र, ११. दुर्गाराज रेग्मी, १२. मित्रबन्धु शर्मा, १३. हेरम्ब शर्मा, १४. कोमल शाह, १५. भरत बहादुर वि.क., १६. अनुपम श्रेष्ठ, १७. नारायण प्रसाद चिमरीया, १८. भावेश रिमाल, १९. गौतम कुमार के.सी., २०. सन्तोष आचार्य, २१. प्रदिप बहादुर क्षेत्री र २२. अनन्त राम शर्मा।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।