चितवनमा कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
भरतपुर महानगरपालिका –१६ फुर्तीचोकमा नवीनचोकतर्फ जाँदै गरेको बा.प्र.०१–०३४ च ९२२१ नम्बरको ईभी कारले पैदलयात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
उक्त दुर्घटनामा भरतपुर महानगरपालिका–१५ बस्ने वर्ष ३० की पार्वती भुजेल गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा थप दुई जना पैदलयात्री सामान्य घाइते भई नयाँ मेडिकल कलेज भरतपुरमा उपचाररत छन्।
कार र चालक भरतपुर महानगरपालिका–१६ फुर्तीचोक बस्ने वर्ष ३३ का मनोज पौडेललाई नियन्त्रणमा लिई दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।