समाज

कान्ति लोकमार्गमा राति सवारी निषेध

काठमाडौं।वर्षासँगै बाढी र पहिरोको जोखिम बढेपछि कान्ति लोकमार्गमा दुई दिन रात्रीकालीन सवारी आवागमन बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सूचना जारी गर्दै आज र भोलि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सडकमा सवारी सञ्चालन गर्न रोक लगाएको हो।

लगातारको वर्षाले जिल्लाका विभिन्न सडकखण्डमा बाढी, पहिरो र सडक कटानको जोखिम बढाएको प्रशासनले जनाएको छ। विशेष गरी पहाडी क्षेत्रका सडकमा रातिको समयमा पहिरो खस्ने तथा बाढीका कारण सडक अवरुद्ध हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै आवागमन बन्द गर्ने निर्णय गरिएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले जानकारी दिए।

सम्भावित विपदबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति रोक्न यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ। प्रशासनले तोकिएको समयमा कान्ति लोकमार्गमा सवारी नचलाउन यातायात व्यवसायी तथा यात्रुलाई आग्रह गरेको छ। मौसमको अवस्था र सडकको जोखिम मूल्याङ्कन गरेर मात्रै यात्रा गर्न तथा प्रशासनका आगामी सूचनाको पालना गर्न पनि अनुरोध गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।