खेलकुद

एनपीएल फाइनलको टिकट केही मिनेटमै ‘सोल्ड आउट’

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट खुला गरिएको केही मिनेटमै बिक्री भएको जानकारी दिएको छ।

बिहीबार विज्ञप्ति जारी गर्दै क्यानले फाइनल खेलको टिकट खरिद गर्न करिब दुई लाख प्रयोगकर्ताले एकैपटक प्रयास गरेको जनाएको छ।

क्रिकेट मैदानको दर्शक क्षमता सीमित भएकाले मागअनुसार टिकट उपलब्ध गराउन नसकिएको बताउँदै क्यानले टिकट पाउन नसकेका दर्शकसँग परेको असुविधाप्रति क्षमायाचना गरेको छ।

विज्ञापन

यस्तै, क्यानले फाइनल खेलका लागि नेपाली क्रिकेटप्रेमीले देखाएको उत्साह र समर्थनप्रति आभार व्यक्त गरेको छ।

टिकट खरिद गर्न नपाएका समर्थकलाई आधिकारिक अनलाइन तथा प्रसारण प्लेटफर्ममार्फत फाइनल खेल हेरेर समर्थन गर्न क्यानले आग्रह गरेको छ।

एनपीएलको फाइनल भोली हुँदैछ। ट्रफिको लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।