खेलकुद

एनपीएलको प्लेअफ समीकरण: क्वालिफायर १ मा लुम्बिनी र सुदूरपश्चिम, काठमाडौंको प्रतिद्वन्द्वी चितवन

नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणका सबै २८ खेल समाप्त भएसँगै प्लेअफ समीकरण र खेल तालिका तय भएको छ।

तालिकाको शीर्ष चारमा रहँदै लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र चितवन राइनोज प्लेअफमा प्रवेश गरेका छन्।

लिग चरणको अन्तिम खेलमा आइतबार पोखरा एभेन्जर्ससँग काठमाडौं गोर्खाज ५५ रनले पराजित भएसँगै शीर्ष दुईको छिनोफानो भएको हो।

विज्ञापन

यससँगै ७ खेलबाट ११ अङ्क जोडेको लुम्बिनी लायन्स शीर्ष र १० अङ्क जोडेको सुदूरपश्चिम रोयल्स दोस्रो स्थानमा रहेर ‘क्वालिफायर १’ मा स्थान बनाउन सफल भएका छन्।

तेस्रो स्थानमा सीमित भएको काठमाडौं र चौथो स्थानको चितवन राइनोजले प्लेअफको अर्को चरण इलिमिनेटर खेल्नेछन्।

सार्वजनिक खेल तालिकाअनुसार प्लेअफका खेलहरू मङ्गलबारबाट सुरु हुनेछन्। मङ्गलबार पहिलो प्लेअफ र बुधबार दोस्रो प्लेअफ हुनेछ। यस्तै, बिहीबार तेस्रो प्लेअफ हुने तय छ भने प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ। प्लेअफ र फाइनलका सबै खेल साँझ ५:०० बजे सुरु हुनेछन्।

शीर्ष दुईमा रहेका लुम्बिनी र सुदूरपश्चिमबीचको विजेता टोली सिधै फाइनलमा पुग्नेछ भने पराजित हुने टोलीले काठमाडौं र चितवनबीचको विजेतासँग फाइनल प्रवेशका लागि तेस्रो प्लेअफ खेल्ने अवसर पाउनेछ। उता, काठमाडौं र चितवनमध्ये पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिनेछ।

यस सिजनको लिग चरणबाट विराटनगर किङ्स, कर्णाली याक्स, जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स बाहिरिएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।