अन्तर्राष्ट्रिय

इरानमा सत्ता परिवर्तनमा मेरो रुचि छैन : ट्रम्प

मध्यपूर्वमा तनाव फेरि बढ्दै गएको छ। इरानले बहराइनमा रहेका अमेरिकी सैन्य अखडामा आक्रमण गरेको दाबी गरेको छ। साथै, एउटा अमेरिकी लडाकु विमानलाई निशाना बनाएको पनि इरानको भनाइ छ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू इरानसँग केवल ‘दिगो र दीर्घकालीन’ सम्झौता गर्न चाहेको बताएका छन्।

फक्स न्युजलाई फोनमार्फत दिएको अन्तर्वार्तामा ट्रम्पले भने, ‘मलाई इरानमा सत्ता परिवर्तनमा कहिल्यै खासै रुचि थिएन। केही मानिसहरू सत्ता परिवर्तनको कुरा गर्छन्, तर त्यसको अर्थ के हो भन्ने पनि स्पष्ट पार्नुपर्छ।’

विज्ञापन

उनले थपे, ‘मैले अहिलेसम्म दुईवटा सरकारको अन्त्य गरिसकेको छु। पहिलो समूह र दोस्रो समूह। अहिले हामी तेस्रो समूहसँग जुधिरहेका छौँ। त्यसैले यसलाई अन्तिम सत्ता परिवर्तन पनि भन्न सकिन्छ।’

ट्रम्पका अनुसार तेस्रो समूहको व्यवहार पनि अघिल्ला समूहभन्दा खासै फरक छैन। उनीहरू केही बढी समझदार देखिए पनि उनीहरूसँग काम गर्न निकै कठिन छ।

‘मेरो भनाइको अर्थ, हामी एउटा सम्झौता गर्छौँ र भोलिपल्टै उनीहरूले त्यसलाई तोड्छन्,’ उनले भने।

ट्रम्पले इरानसँग लामो समयसम्म कायम रहने खालको सम्झौता गर्न चाहेको बताएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।