राजनीति

असली कांग्रेस हामी नै हौं : निधि

नेपाली कांग्रेस शेर बहादुर देउवा समूहको मधेश प्रदेश अधिवेशन यही मंसिर १४ गत्ते जनकपुरधाममा हुने भएको छ ।

शुक्रबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै नेता बिमलेन्द्र निधिले अधिवेशनबारे जानकारी दिएका हुन् । उनका अनुसार कानुनसम्मत र विधान सम्मत रही अहिलेसम्म अधिवेशनहरु भएका छन ।

विधान अनुसार पहिला वडा, त्यसपछि, जिल्ला, त्यसपछि प्रदेश र अन्तमा केन्द्रीय अधिवेशन हुनेमा आफूहरुले सोही अनुसार अधिवेशनहरु सम्पन्न भएको उनले बताए ।

विज्ञापन

नेता निधिले प्रदेश अधिवेशन अन्तर्गत भोलि ५ गते गण्डिकी प्रदेशको अधिवेशन हुँदैछ, त्यस्तै ७ गते लुम्बिनी प्रदेशको अधिवेशन हुनेछ, त्यस्तै १३ गते कर्णाली प्रदेशको अधिवेशन हुनेछ , १४ गते मधेश प्रदेशको अधिवेशन हुनेछ, १५ गते सुदुरपश्चिमको अधिवेशन हुनेछ, १७ गते कोशी प्रदेशको अधिवेशन हुनेछ र १९ गते बाग्मती प्रदेशको अधिवेशन हुनेछ ।

नेता निधिले यसअघि नेपाली कांग्रेसको गगन थापा पक्षले गरेको अधिवेशन ‘कथाकथित’ रहेको बताए । उनले सो अधिवेशनमा प्रदेश र जिल्लाको अधिवेशननै नगराई सोझै केन्द्रको अधिवेशन गरेकाले त्यस्तो अधिवेशनको कुनै औचित्य नरहेको बताए ।

निर्वाचन आयोगले गगन पक्षको अध्यावधिक पनि नमानेको नेता निधिले दाबी गरे । उनले आफूहरु कानुन र विधान सम्मत रहेको दाबी गर्दै आफूहरु नै असली कांग्रेसी रहेको बताए ।

नेता निधिले प्रदेश अधिवेशनको तयारी सम्बन्धी आजै आठवटै जिल्लाका पदाधिकारी महोत्तरीको वर्दिवासमा बैठक बस्न लागेको जानकारी दिए ।

त्यस्तै, नेता निधिले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका लागि शुभकामना समेत व्यक्त गरेका छन् । उनले भारत भ्रमणकै क्रममा दुबै देशका प्रधानमन्त्रीले अयोध्या जनकपुर रेल सेवाको उद्घाटन गर्ने कार्यक्रमको प्रसंशा गरे । नेता निधिले रेल सेवासहित हवाई सेवा पनि सुचारु गर्नुपर्नेमा जोड दिए । उनले प्रधानमन्त्री शाहले सीमा सम्बन्धी विषय, आर्थिक क्षेत्रको विकासलगायतका विषयहरु सफलताका साथ उठाउनुपर्ने बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।