राजनीति

अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापनाका लागि विज्ञसँग सुझाव माग्दै मन्त्री पुन

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विभिन्न विषयमा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना र सञ्चालनका लागि विज्ञ वैज्ञानिक तथा अनुसन्धानकर्तासँग सुझाव मागेका छन्।

मन्त्री पुनले सामाजिक सञ्जालमार्फत मन्त्रालयले स्थापना तथा सञ्चालन गर्न लागेका अनुसन्धान केन्द्रका विषयमा विज्ञहरूबाट ठोस सुझाव मागेका हुन्।

उनले औद्योगिक तथा कृषि, विद्युतीय तथा इलेक्ट्रोनिक्स, स्वस्थकर खाद्य पदार्थ तथा पेय पदार्थ, ड्रोन तथा एरोनोटिकल, आयुर्वेदिक, जडीबुटी तथा वनजन्य उत्पादन र बायोमेडिकल इन्जिनियरिङसम्बन्धी अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना गर्ने योजना रहेको बताएका छन्।

विज्ञापन

यी विषयमा विज्ञका रूपमा ठोस सुझाव दिन चाहने इच्छुक नेपाली वैज्ञानिक तथा अनुसन्धानकर्तालाई आजैदेखि जुनसुकै समयमा आफूलाई फोन गर्न वा ह्वाट्सएपमार्फत सम्पर्क गर्न उनले आग्रह गरेका छन्।

यसका लागि उनले ९८४१५९२३६१ नम्बर सार्वजनिक गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।