आज बेलुकासम्म मन्त्रीको टुंगो लाग्छ : प्रचण्ड

 कोरखबर   १७ असोज, २०७८



असार १७, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बेलुकासम्म मन्त्रीको टुंगो लाग्ने बताएका छन्। अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को केन्द्रीय समिति बैठकमा बोल्दै उनले आज बेलुकासम्म नाम टुंगो लाग्ने र सोमबार शथप हुनसक्ने बताएका हुन्। ‘आज विहान पनि यस विषयमा छलफल भएको थियो’, उनले भने, ‘कानुनमन्त्री आज विहान आउनु भएको थियो। उहाँसँग पनि यही विषयमा छलफल भयो। हामी मन्त्रिपरिषदको विषय टुंग्याउन लागिरहेका छौं।’

उनले भूमिहीन किसानको पक्षमा काम गर्नु अहिको आवश्यकता भएको बताए। नेपालको आधारभुत स्रोत साधन जुटाउने उधोग भनेको कृषि भएको उनले बताए। विदेशबाट कच्चा पदार्थ ल्याउने उधोगले आत्मनिर्भर बनाउन सक्दैन। पहिलाको भन्दा अहिले कृषिमा व्यवसायिकरण सुरु भएको उलको भनाई थियो। तर कृषि उत्पादन पर्याप्त नभएको उनले बताए।

उनले एमसिसीलाई यथास्थितिमा पारित गर्न नसकिने बताए। प्रचण्डले एमसिसी पास गर्न राष्ट्रिय सहमति आवश्यक पर्ने बताए। इन्डो प्यासिफिक रणनीतिको अंग हुन नेपाल हुन नसक्ने उनले बताए। तर अमेरिकाको सहयोग नलिने भन्ने नभएको उनले बताए।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post