खुमलटारबाट डेरा सर्ने भए प्रचण्ड

    १६ पौष, २०७८



पुस १६, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रतिनिधिहरुले उठाएका विषयलाई प्रतिवेदनमा समेट्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

नेकपा माओवादी केन्द्रको जारी महाधिवेशन अन्तर्गतको बन्दसत्रमा अध्यक्ष प्रचण्डले सोमबार पेस गरेको प्रतिवेदनमाथि २५ समूहमा भएको छलफलपछि टोली नेताहरुले दुई दिन लगाएर निष्कर्ष सुनाएका थिए।

टोली नेताहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै प्रचण्डले लिपुलेक लिम्पियाधुरा कालापानीलगायतका क्षेत्रलाई प्रतिवेदनमा समेट्न छुटैको भन्दै त्यसलाई समावेश गर्ने बताए।

विभिन्न समूहमा अध्यक्ष प्रचण्ड ठेकेदार शारदाप्रसाद अधिकारीको घरमा बसेको भन्दै उनी त्यहाँबाट सर्नुपर्ने आवाज उठेको थियो। त्यसको जवाफ दिँदै प्रचण्डले आफू खुमलटारबाट डेरा सर्ने र त्यसका लागि ठाउँ खोजिरहेको बताए। 

तपाईंहरुले उठाएको कुरा ठिक छ, खुमलटारबाट डेरा सर्छु। ठेकेदारको घरमा बसेको विषय धेरै उठ्यो, अब डेरा सर्छुु उनले भने।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post