५ पुष, काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले पनि प्रतिगमनकै बाटोमा रहेको आरोप लगाएका छन्।
गत वर्ष पुस ५ गते पहिलोपटक ओलीले प्रतिनिधिसभा विघटन गरेका थिए। त्यसैलाई ुकालो दिनु को संज्ञा दिँदै आज राजधानीमा आयोजित प्रतिगमन विरुद्धको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले संसद अवरुद्ध गरिरहेकाले अहिले पनि ओली प्रतिगमनकै बाटोमा रहेको पुष्टि भएको बताएका हुन्।
उनले अदालतले ह्वीप नलाग्ने फैसला गरिसकेको, सभामुखले आफूले लिनुपर्ने निर्णय १३ दिनमै लिएको र कतै पनि संविधानको मर्म र भावना विपरीत काम नभएको भन्दै अहिले संसद अवरुद्ध गर्नुको औचित्य प्रतिगमन नै रहेको बताए। अध्यक्ष दाहालले निर्वाचन आयोग र संसदले स्वीकार गरिसकेको कुरालाई नमान्नु भनेको लोकतन्त्र बिरोधी भएको समेत दावी गरे।
प्रचण्डले संसद अवरोध गरिरहनुको कारण गठबन्धन तोड्नु रहेको आरोप समेत लगाए। उनले एमाले अध्यक्ष ओलीले गठबन्धन तोडाउनका लागि कांग्रेसलाई एकलौटी सरकार बन्न दिने र एमालेले त्यसमा सहयोग गर्ने साथै एमसीसी पास गराउन सहयोग गर्ने भनेर खुलेआम तर्क दिइरहेको दाबी समेत गरे।
ओलीले गठबन्धन तोड्न चलखेल गरिरहेको दाबी गर्दै प्रचण्डले सत्तारुढ गठबन्धनलाई एक बनाइरहन सबैजना लाग्नुपर्नेमा जोड दिए।