बरु सरकार छाडेर सडकमा आउँछौं तर एमसीसी पारित गर्दैनौं !

 कोरखबर   २५ भदौ, २०७८



भदौ २५, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा वागमती प्रदेशका पूर्व मन्त्री युवराज दुलाल शरदले बरु सरकार छाडेर सडकमा आउने तर एमसीसी पारित नगर्ने नीति माओवादीको रहेको प्रष्ट पारेका छन् ।

प्रचण्ड निकटका प्रभावशाली नेता मानिले दुलालले विगतमा पनि सभामुख अग्नि सापकोटा र कृष्णवहादुर महरामार्फत प्रचण्डले एमसीसी पारित हुनबाट रोकेको खुलासासमेत गरेका छन् ।

उनले वृहत राष्ट्रिय सहमति नभई यथास्थितिमा एमसीसी पास गर्न सकिदैन भनेर प्रचण्डले फतिमा सुमारको टोलीलाई बताएको जनाउदै उनले यसको अर्थ एमसीसी पास गर्ने पक्षमा माओवादी नरहेको भनेर बुझ्नु पर्ने उल्लेख गरेका छन् ।

प्रचण्डसँग सुमारको भेट लगत्तै दुलालले माओवादी नीति उदृत गर्दै सामाजिक संजालमा लेखेका छन्, ‘यथास्थिति र राष्ट्रिय सहमति कुटनीतिक भाषा हुन् । माओवादी राष्ट्रिय सुरक्षामा चुनौतिपूर्ण संशय रहेको एमसीसी पारित गर्ने पक्षमा छैन । बरु सरकार छोडेर सडकमा आउँछ तर एमसीसी पारित गर्दैन ।’



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post