प्रचण्डले लगाए एमालेविरुद्ध गम्भीर आरोप !

 कोरखबर   २३ भदौ, २०७८



भदौ २३, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र र बाहिरबाट सत्ता गठबन्धनलाई तोड्ने प्रयास भइरहेको बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोखरेल ‘वैरागी’को २२औँ स्मृतिमा आयोजित कार्यक्रममा प्रचण्डले एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षड्यन्त्र भइरहेको बताएका हुन् ।

उनले यथास्थितिमा एमसीसी पारित हुन नसक्ने स्पष्ट पारे । गठबन्धनलाई बचाएर सकारात्मक रूपमा अघि बढ्न तयार रहेको उनले उल्लेख गरे । आफूहरूले गठबन्धनलाई बलियो बनाउन चाहे पनि अर्को वर्ग पूरै ताकतका साथ गठबन्धनलाई तोड्ने, प्रतिक्रान्तिलाई निरन्तर अगाडि बढाउने खेलमा लागेको आरोप प्रचण्डको छ । उनले माओवादीहरूलाई घेरा हालेर सिध्याउने षड्यन्त्र भएकाले सचेत रहनुपर्ने उनले बताए ।

अध्यक्ष प्रचण्डले नेकपा ९एमाले०ले ‘डलर भित्र्याएर पार्टीभित्र गुट–उपगुट बलियो बनाउनु खोजेको’ आरोपसमेत लगाए । उनले सूर्य चिह्न र मदन भण्डारीको नाम प्रयोग गरेर एमाले नेतृत्वले पदका लागि मात्र राजनीति गरेको तर्क गरे ।

एमालेजस्तै हुने हो भने माओवादी पार्टीको आवश्यकता र औचित्य नरहने भन्दै उनले पार्टीका नेता तथा कार्यकर्ता सजिलै रूपान्तरण नहुने अवस्था देखिएको बताए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post