क्यानडाका प्रधानमन्त्री ट्रुडोमाथी ढुङ्गा हानियो !

 कोरखबर   २२ भदौ, २०७८



२२ भदौ,काठमाडौँ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोमाथि प्रदर्शनकारीहरूले ढुङ्गा प्रहार गरेका छन् ।

चुनावी –यालीमा जुटेका बेला ट्रुडोमाथि ढुङ्गा प्रहार भएको हो । तर, उनलाई कुनै चोट भने नलागेको बिबिसीले जनाएको छ । उनलाई सन् २०१६ मा एक महिलाले फर्सीको बिउ प्रहार गरेको घटनालाई सम्झेका थिए ।

उनले ट्वीटमा भनेका छन्,‘राजनीतिक हिंसा कहिल्यै सही हुन सक्दैन र दबाब, दुर्व्यवहार र हिंसाबाट हाम्रो मिडिया स्वतन्त्र हुनुपर्छ’।आफ्नो पार्टीको बहुमतको सरकार बनाउने आशा राखेर उनले केही दिन अघिमात्रै चुनाव घोषणा गरेका थिए । तर, कोभिड १९ खोपको अनिवार्यता र अन्य कडाइहरूका कारण अहिले क्यानडामा सरकार विरोधी प्रदर्शन चलिरहेको छ र ट्रुडोले राम्ररी प्रचार गर्न पाएका छैनन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post