अफगानिस्तानको कन्दहर विमानस्थलमा रकेट हमला

 कोरखबर   १७ सावन, २०७८



साउन १७,काठमाडौं ।अफगानिस्तानको कन्दहर विमानस्थलमा रकेट हमला भएको छ  । मिडिया रिपोर्टअनुसार विमानस्थलमा तीनवटा रकेट प्रहार भएको हो । यसमध्ये दुईवटा रनवेमा खस्यो र बिस्फोट भयो ।

विमानस्थलका प्रमुख मसुद पस्तुनले रनवेलाई ठिक गर्ने काम भइरहेको जानकारी एएफपी न्युज एजेन्सीलाई दिएका छन् । आइतबार साँझसम्म काम सकिने आशा गरिएको छ ।

शनिबार राति भएको हमलामा कसैेले ज्यान गुमाएको समाचार भने बाहिरिएको छैन । हमलापछि सबै उडान रद्द गरिएको छ । तालिवानले हमला गरिरहेको हुनसक्ने आशंका गरिएको छ । किनकी, तालिवानी लडाकुहरुले हेरात, लस्कर गाह र कन्दहरलाई चारैतर्फबाट घेरा हालेका बेला यो आक्रमण भएको छ । कन्दहरमा अहिले अफगान सुरक्षा बल र तालिवानबीचको लडाँइ जारी छ ।

कन्दहर अफगानिस्तानको दोस्रो ठूलो शहर हो । अफगानिस्तानको सेनालाई हतियार रासन पाउनका लागि पनि यस हवाई अड्डाको उपयोग हुन्छ । त्यहीकारण यस विमानस्थललाई कब्जामा लिएर अफगानी सेनालाई मिल्ने मद्दतलाई रोक्ने तालिवानको योजना थियो । पछिल्ला दुई–तीन सातादेखि अफगानिस्तानले यस इलाकामा हमला बढाएको छ।

अफगानिस्तान नेशनल डिफेन्स सेक्युरिटिज फोर्सेजले अमेरिकी सेनाको सहयोग लिदैं तालिवानको कब्जामा रहेका कतिपय गाउँहरु खालि गराइसकेको छ । –फाईल फोटो



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post