माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै !

 कोरखबर   १८ भदौ, २०७८



भदौ १८, कठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक बोलाएका छन् ।

शुक्रबार साढे २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बैठक बोलाएको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनुका साथै पार्टीको निर्वाचन कार्यविधिका बारेमा समेत छलफल हुने स्थायी समिति सदस्य लीलामणि पोखरेलले जानकारी दिए ।

यसअघि नेकपा माओवादी केन्द्रले पार्टी विधान बनाएको छ । उक्त विधान आगामी पुसमा हुने सम्मेलनबाट परिमार्जनसहित पारित गर्ने माओवादीको तयारी छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post