माओवादीले पनि छान्न सकेन वाईसीएलको नयाँ नेतृत्व !

 कोरखबर   १५ भदौ, २०७८



भदौ १५, काठमाडौं । विवाद बढेपछि सत्ता साझेदार नेकपा माओवादी केन्द्रले समेत भातृ संगठन योङ कम्युनिस्ट लीग (वाईसीएल) नयाँ नेतृत्व चयन गर्न असफल भएको छ। तीन दिनदेखि राजधानीमा जारी वाईसीएलको सम्मेलनमा नयाँ नेतृत्वका लागि तीव्र विवाद भएपछि माओवादीले सोमबार हस्तक्षेप गरेको थियो।

सोमबार पेरिस डाँडामा बसेको माओवादी स्थायी समितिको बैठकले वाईसीएलको नेतृत्व छान्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो। प्रचण्डले स्थायी समिति बैठकमै वाईएसीएलको नयाँ अध्यक्षमा गृहजिल्ला चितवनकै छान्ने तयारी थियो। वाईसीएलले नेतृत्व चयन नगरी केन्द्रीय कमिटी मात्रै घोषणा गर्ने तयारी गरेको छ। 

सोमबार बसेको स्थायी समिति बैठकले प्रचण्डलाई नेतृत्व चयन गर्ने जिम्मेवारी प्रचण्डलाई दिएको थियो । नयाँ अध्यक्षका लागि उपाध्यक्ष सुमन देवकोटा, महासचिव सुवोध शेर्पाली र यशोदा न्यौपाने दौडमा थिए।

यस्तोमा अध्यक्ष दाहालकै गृहजिल्ला चितवनमा देवकोटालाई नयाँ अध्यक्ष बनाउने तयारी गरेका थिए। तर प्रचण्डको उक्त तयारीमा पनि वाईसीएलको माथिल्लो पंक्तिले असहमति जनाउँदा अब केन्द्रीय कमिटी मात्रै घोषणा तयारी गरिएको छ।

अध्यक्ष र महासचिवसहितका अन्य पदाधिकारी प्रचण्डले फेरि माओवादी स्थायी कमिटीमा छलफल गरेर टुंग्याउने भएका छन्। सम्मेलन सकिएपछि माओवादीले नै हस्तक्षेप गरेर ३५ जना पदाधिकारी छान्ने भएको छ। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post