माओवादी केन्द्रको आकस्मिक स्थायी समिति बैठक जारी !

 कोरखबर   १४ भदौ, २०७८



भदौ १४, काठमाडौं । नेकपा माओवादी केन्द्रको आकस्मिक स्थायी समिति बैठक जारी छ । सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आकस्मिक स्थायी समिति बैठक बोलाएका थिए । 

बैठकमा पार्टीको सांगठनिक विषयमा छलफल केन्द्रीत रहेको जनाईएको छ । 

यसअघि गत साता बसेको नेकपा माओवादी केन्द्रको बैठकले सातै प्रदेशका इन्चार्ज र सह इन्चार्ज र जिल्ला समन्वय समितिको प्रमुख तोकेको थियो । तर कतिपय प्रदेशका पदाधिकारीहरुले पूर्णता पाएको थिएन । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post