माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै !

 कोरखबर   १४ भदौ, २०७८



१४ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै छ । दिउँसो १ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाउने एजेण्डा छ ।

सोमबार बिहान सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक सकिएलगत्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी समिति बैठक बोलाएका हुन् ।बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाउने प्रमुख एजेण्डा राखिएको एक स्थायी समिति सदस्यले जानकारी दिए ।

अहिलेसम्म कसको नेतृत्वमा सरकारमा सहभागी हुने भन्ने विषय नै टुंगो लागिसकेको छैन । स्थायी समिति सदस्य हरिबोल गजुरेलको नेतृत्वमा सरकारमा सहभागी गराउने विषयमा नेताहरुबीच छलफल भइरहेको स्रोतले बताएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post