माओवादीले महरालाई दियो प्रवक्ताको जिम्मेवारी

 कोरखबर   ९ भदौ, २०७८



भदौ ९, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पार्टी प्रवक्ताको जिम्मेवारी कृष्णबहादुर महरालाई दिईएको छ । पूर्वसभामुखसमेत रहेका महरालाई प्रचार तथा प्रकाशन विभाग प्रमुखको समेत जिम्मेवारी तोकिएको छ ।

माओवादीले एमालेसँग पार्टी एकता गरेपछि प्रवक्ताको जिम्मेवारीमा नारायणकाजी श्रेष्ठ थिए। पहिले माओवादी प्रवक्तामा पम्फा भुसाल थिइन्।

केन्द्रीय कमिटी र स्थायी कमिटी बैठकका निर्णयअनुसार माओवादीले प्रदेश समिति, पार्टी विभाग, जिल्ला ईञ्चार्जहरूसमेत तोकेको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post