साउन ३१, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक सुरु भएको छ। शनिबारदेखि सुरु भएको केन्द्रीय समितिको पूर्ण बैठक आजै सक्ने तयारी छ। यसअघि माओवादी स्थायी समिति बैठक बसेको थियो।
स्थायी समितिमा नेताहरूको कार्यविभाजनलगायतका विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। उनले आजको केन्द्रीय समिति बैठकमा समूहगत छलफलबाट आएका रिपोर्टहरूलाई भोलि बस्ने स्थायी समिति बैठकले व्याख्या र निष्कर्ष निकाल्ने बताए।
आजको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि समूहगत रूपमा छलफल हुनेछ। समूहगत छलफलपछि प्राप्त सुझाबका आधारमा प्रतिवेदन पास हुनेछ।