श्रावण ६, काठमान्डौ । नेकपा माओवादी केन्द्रले आज स्थायी कमिटीको बैठक आव्हान गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडांडामा १ बजेका लागी बोलाइएको बैठकमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा क–कसलाई मन्त्री बनाएर पठाउने भन्ने विषयमा छलफल हुने बताइएको छ। आजको बैठकमा सरकारलाई प्रभावकारी बनाउने, मन्त्रिपरिषद् विस्तार गर्ने र पार्टीको संगठनात्मक विषयमा छलफल हुने बताइएको छ ।
माओवादी केन्द्रबाट यसअघि जनार्दन शर्माले अर्थ मन्त्रालय र नृतृ पम्फा भुषालले उर्जा मन्त्रालयको जिम्मेवारी पाइसकेका छन् ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने दौडमा छन्। तर अर्थमन्त्री समेत रहेका नेता शर्माले सरकारको नेतृत्व आफैले गर्ने चांहना व्यक्त गरेका छन् । माओवादीमा श्रेष्ठको भन्दा संगठनमा शर्माको बलियो पकड छ ।
यसअघि कृषिमन्त्री बनेका नेता हरिबोल गजुरेलले पनि सरकारको नेतृत्वमा दावी गरेका छन । उनि यसअघि २०६९ माघ २० देखि २६ सम्म भएको हेटौडा महाधिवेशनमा कोषाध्यक्षमा निर्वाचित भएका थिए ।
माओवादीले ८ मन्त्रालय आँफुलाई दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ । तर, एमालेको माधव नेपाल समुह सरकारमा सहभागी हुने सम्भावना भएकाले माओवादीले ६ मन्त्रालय मात्र पाउन सक्छ।
माओवादीभित्र मन्त्रीको आकांक्षा राख्नेहरु धेरै छन् । माओवादीका सवैजस्तो स्थायी समिति सदस्यहरु मन्त्री बनेपनि अहिलेसम्म अवसर नपाएका देवेन्द्र पौडेल पनि यो मन्त्री बन्ने दौडमा छन् ।
नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, हरिराम चौधरी, सुरेशकुमार राई,सुदन किराती, शिवकुमार मण्डल,मायाप्रसाद शर्मा र अमनलाल थारु लगायतका नेताहरु मन्त्रीको दौडमा रहेको बुझिएको छ ।