बैशाख ७,काठमाडौँ । माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज दिउँसो एक बजे बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुनेछ ।
नेपाली कांंग्रेससँग मिलेर नयाँ सरकार बनाउने योजना बनेपनि माओवादीलाई त्यो भन्दा पहिले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने दबाब थियो ।
यसबीचमा समर्थन फिर्ता लिने र कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने वातावरण बनाउने तयारी भइरहेका बेला संसदको हिउँदे अधिवेशन सोमबारदेखि अन्त्य गरेपछि थप राजनीतिक अन्योलता बढेको छ।
यस्तो बेला कसरी अगाडि बढ्ने भन्ने विषयमा मंगलबारको स्थायी कमिटी बैठकमा छलफल हुने माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।