माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक !

 कोरखबर   ५ बैशाख, २०७८



वैशाख ५, काठमाडौं । नेकपा माओवादी केन्द्रले सोमबार स्थायी कमिटी बैठक बोलाएको छ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि स्थायी कमिटीको बैठक बोलाएको हो। दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने नेता हरिबोल गजुरेलले जानकारी दिए।

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको भन्दै कांग्रेस र जसपाले गठबन्धनको सरकार बनाउन आनाकानी गरिरहेका छन्। प्रचण्डले ओली प्रतिगमनको बाटोमा लागेको भन्दै सरकारबाट हटाउन पहल गरिरहेका छन्।

यसै क्रममा प्रचण्डले पछिल्लो समय विभिन्‍न कार्यक्रमहरूमा बोल्ने क्रममा संघ, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा छिट्टै सरकार परिवर्तन हुने दाबी गर्दै आएका छन्।  



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post