सरकारलाई दिएको समर्थन फिर्ता गर्ने सम्बन्धमा छिट्टै निर्णय हुन्छ : माओवादी केन्द्र

 कोरखबर   २० चैत, २०७७



१९ चैत्र, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्बन्धमा छिट्टै निर्णय लिने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको अनौपचारिक बैठकले एकदुई दिनभित्र अहिलेको राजनीतिक घटनाक्रमलाई कता लैजाने भनेर निष्कर्ष निकाल्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

वर्तमान सरकारलाई आफूहरुको समर्थन नरहेको जिकिर गर्दै उहाँले केही प्राविधिक कारणले मात्र सरकारलाई समर्थन गर्नुपरेको बताउनुभयो ।

बैठकमा पार्टीका सङ्गठानिक प्रक्रिया कसरी अगाडि बढाउने, देशव्यापीरूपमा अभियान कसरी लैजाने, राष्टियरूपमा प्रशिक्षण, भेला वा सम्मेलन के गर्ने भन्नेबारेमा पनि प्रारम्भिक छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले अब बस्ने स्थायी समिति बैठकले स्थगित पार्टीको केन्द्रीय समितिको बैठक, भेला तथा प्रशिक्षण छिट्टै गर्ने सम्बन्धमा निर्णय गर्ने पनि उहाँले जानकारी दिनुभयो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post