माओवादी केन्द्रको स्थायी कमिटि बैठक जारी !

 कोरखबर   २० चैत, २०७७



चैत १९,काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटि बैठक जारी छ।

पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने विषय र आगामी रणनीतिका विषयमा छलफल भइरहेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो समय सरकारलाई दिएको समर्थन छिटै फिर्ता लिने भन्दै दिएको अभिब्यक्तिले पनि आजको बैठकलाई महत्वका साथ हेरिएको छ ।

त्यस्तै बुधबार प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुरूङले पनि प्रधानमन्त्रीले चैत २३ गतेभित्र विश्वासको मत नलिए सरकारको वैधानिकतामाथि प्रश्न उठ्ने बताउनुभएको थियो ।

राजनीतिक रुपमा माओवादी केन्द्र सरकारबाट अलग भइसके पनि उसले अहिलेसम्म समर्थन फिर्ता लिएको छैन । माओवादी केन्द्रले समर्थन फिर्ता नलिएका कारणले पनि नयाँ सत्ता समीकरण अन्यौलमा परेको बताइदै आएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post